‘एमब्यान स्पोर्ट्स मिट २०२६’ को खेल तालिका सार्वजनिक

‘एमब्यान स्पोर्ट्स मिट २०२६’ को खेल तालिका सार्वजनिक

काठमाडौं : मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमब्यान) द्वारा आयोजना गर्न लागिएको “एमब्यान स्पोर्ट्स मिट २०२६” को आधिकारिक खेल तालिका (ड्र) सार्वजनिक गरिएको छ।

धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा आयोजित पत्रकार सम्मेलनका बीच फुटसल, ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिताको खेल तालिका निर्धारण गरिएको हो।

एमब्यानका कार्यसमिति सदस्य सन्दीप कार्कीको उपस्थितिमा सम्पन्न ड्र कार्यक्रम अनुसार खेलको संरचना यसप्रकार रहेको छ।

पुरुष फुटसलतर्फ १८ टोलीलाई ६ समूहमा र महिला फुटसलतर्फ ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। पुरुष डबल्समा ५ टोली, महिला डबल्समा ६ टोली र भेट्रान्स डबल्समा २ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

पुरुष एकलमा १४ खेलाडी, महिला एकलमा ५ खेलाडी र भेट्रान्स एकलमा ५ खेलाडी सहभागी हुनेछन्।

मर्चेन्ट बैंकिङ क्षेत्रका सदस्य संस्थाहरूबीच आपसी सद्भाव, टोलीगत कार्यसंस्कृति र व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले आयोजना हुन लागेको यो प्रतियोगिता आगामी असार २० र २१ गते धन्वन्तरी स्पोर्ट्स हब, धुम्बाराहीमा सञ्चालन हुनेछ।

असार १९, २०८३ शुक्रबार ११:१०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।