काठमाडौंमा याङ्गो राइडद्वारा आफ्ना राइडरलाई सडक सुरक्षाबारे प्रशिक्षण

काठमाडौंमा याङ्गो राइडद्वारा आफ्ना राइडरलाई सडक सुरक्षाबारे प्रशिक्षण

काठमाडौं : याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको छ। सोही अवसरमा आफ्नो प्लेटफर्ममा आबद्ध २०० नयाँ चालकलाई मोटरसाइकल र २०० भन्दा बढीलाई हेलमेट तथा रेनकोट वितरण गरेको छ।

प्रहरीले चालकहरूलाई वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियमको पालना, सडक सुरक्षा र नागरिक जिम्मेवारीका विषयमा प्रशिक्षण दिएको थियो। 

याङ्गोको फ्लिट पार्टनर इन्नोहबमार्फत नयाँ चालकहरूलाई मोटरसाइकल र सुरक्षा सामग्री उपलब्ध गराइएको याङ्गो राइडले जनाएको छ। याङ्गो राइड नेपालका कन्ट्री मेनेजर सन्तोष पाण्डेले चालक, यात्री र स्थानीय व्यवसायी सबैलाई लाभ पुग्ने वातावरण निर्माण गर्नु कम्पनीको उद्देश्य रहेको बताए। 

याङ्गो राइडले आगामी दिनमा पनि चालक र यात्रीको सुरक्षालाई प्राथमिकता दिँदै यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। 

असार १८, २०८३ बिहीबार १९:४३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।