सानिमा बैंकद्वारा गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य जाँच र पौष्टिक आहार सहयोग

सानिमा बैंकद्वारा गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य जाँच र पौष्टिक आहार सहयोग

काठमाडौं : सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ। 

गर्भावस्था र सुत्केरी अवस्थामा देखिन सक्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्ने उद्देश्यले बैंकले आयोजना गरेको यम कार्यक्रमबाट करिब एक हजार ५० जना गर्भवती तथा सुत्केरी महिलाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको जनाएको छ। 

शिविरमा स्वास्थ्यकर्मीहरूद्वारा सहभागी महिलाहरूको आवश्यक स्वास्थ्य जाँच गरिएको थियो। स्वास्थ्य जाँचका साथै बैंकले सहभागी महिलाहरूलाई स्वास्थ्य प्रवर्द्धनका लागि ३ महिनासम्म पुग्ने पौष्टिक खाद्य सामग्री समेत वितरण गरेको छ। 

असार १८, २०८३ बिहीबार १९:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।