एभरेष्ट बैंकको कार्ड पोर्टफोलियो एनसीएचएलको स्विचमा स्थानान्तरण

एभरेष्ट बैंकको कार्ड पोर्टफोलियो एनसीएचएलको स्विचमा स्थानान्तरण

काठमाडौं : एभरेष्ट बैंकले आफ्नो कार्ड पोर्टफोलियोलाई नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित ईएफटी कार्ड स्विचमा स्थानान्तरण गरी कारोबार सुरु गरेको छ।

यससँगै बैंकका भिसा कार्डका सम्पूर्ण इस्युइङ, एक्वायरिङ र प्रोसेसिङका कार्यहरू अब एनसीएचएलकै स्विचमार्फत सञ्चालन हुनेछन्।

कार्ड माइग्रेसनसँगै बैंकले अब नेपालपे कार्डसमेत इस्यु तथा एक्वायर गर्ने भएको छ। यसबाट बैंकको नेसनल कार्ड स्किममा सहभागिता सुदृढ हुनुका साथै देशभरका एटीएम, पीओएस र मर्चेन्ट च्यानलहरूमा नेपालपे कार्डको स्वीकार्यता बढ्ने बैंकले जनाएको छ।

साथै, नेपालपे र अन्तर्राष्ट्रिय डिस्कभर कार्डबीचको सहकार्यका कारण बैंकका कार्डहरूको आन्तरिक तथा अन्तर्राष्ट्रिय स्वीकार्यताको क्षमता समेत विस्तार भएको छ।

असार १८, २०८३ बिहीबार १९:२९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।