सिन्धुपाल्चोक र डोटीका दुई विद्यालयलाई एनआईसी एशिया बैंकको सहयोग

सिन्धुपाल्चोक र डोटीका दुई विद्यालयलाई एनआईसी एशिया बैंकको सहयोग

काठमाडौं : एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ। 

बैंकले डोटीको श्री सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर र सिन्धुपाल्चोकको श्री जन जागृति माध्यमिक विद्यालयलाई कम्प्युटर तथा प्रोजेक्टर उपलब्ध गराएको हो।

डोटीको आई.सिंह गाउँपालिका-४, बगर बायलस्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत २१ जना सीमान्तकृत तथा अभिभावकविहीन विद्यार्थीहरूका लागि बैंकले खानेपानीको सुविधा होस भनेर वाटर डिस्पेन्सर प्रदान गरेको छ।

त्यस्तै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१२ स्थित श्री जन जागृति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई प्रविधिको पहुँचमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले बैंकले १ थान ल्यापटप, ३ थान डेस्कटप कम्प्युटर र १ थान प्रोजेक्टर प्रदान गरेको छ। 

असार १८, २०८३ बिहीबार १९:२९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।