बैंकिङ समूह चम्किँदा बढ्यो सेयर बजार , ४ जलविद्युत कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं : बिहीबार सेयर बजार ८.७८ अंक बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २६६१ अंकमा कायम भएको छ। लगातार ७ कारोबार दिन घटेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार ४४.५९ अंक बढेको थियो।
कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ३ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ११ करोडको भयो।
१०७ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने १३ को स्थिर रह्यो।
बैंकिङ समूह सबैभन्दा धेरै २.०४ प्रतिशत बढ्यो। फाइनान्स ०.२८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे। विकास बैंक ०.११, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.२६, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.८६, निर्जीवन बीमा ०.३४, अन्य ०.२० तथा व्यापार ०.५० प्रतिशत घटे।
कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स, सानीगढ हाइड्रोपावर र अपर लोहोरेखोला जलविद्युत कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ। यीमध्ये तीन कम्पनी हालै सूचीकृत भएका हुन्।
आज धेरै कारोबार भएका कम्पनीमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, नबिल बैंक, ग्लोबल आईएमई बैंक, आँखुखोला जलविद्युत् कम्पनी र साहस ऊर्जा छन्।
असार १८, २०८३ बिहीबार १५:३६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।