६२ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा छ हजार दुई सय र चाँदी एक सय ८० रुपैयाँले बढेको छ।
बिहीबार सुन तोलामा दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सन दुई लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार चार हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक सय ८० रुपैयाँले बढेर चार हजार चार सय ५० रुपैयाँमा कारोबारर भइरहेको छ।
असार १८, २०८३ बिहीबार ११:०८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।