सिराहाको मिर्चैयामा प्राइम टायल्सको नयाँ क्लासिक शोरुम उद्घाटन
काठमाडौं : नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले सिराहाको मिर्चैयास्थित पशुपति ट्रेडर्समा आफ्नो नयाँ अत्याधुनिक 'क्लासिक शोरुम' सञ्चालनमा ल्याएको छ।
आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित एक औपचारिक समारोहका बीच उक्त शोरुमको उद्घाटन सम्पन्न भएको हो।
प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झाको प्रमुख आतिथ्यमा सोरुमको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ। तीव्र रूपमा बढिरहेको शहरीकरण तथा आवासीय एवं व्यावसायिक भवन निर्माण गतिविधिलाई मध्यनजर गर्दै ग्राहकहरूलाई उच्च गुणस्तरको टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मिर्चैयामा यो नयाँ शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ।
उद्घाटन समारोहमा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता, सञ्चारकर्मी तथा निर्माण क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
नयाँ शोरुममा विभिन्न आकार, डिजाइन, टेक्स्चर तथा फिनिसिङका सयौँ प्रकारका टायल्सहरू उपलब्ध गराइएको छ। ग्राहकहरूले आवासीय, व्यावसायिक, होटल तथा अन्य विभिन्न निर्माण परियोजनाका लागि उपयुक्त फ्लोर, वाल, टेरेस तथा डेकोरेटिभ टायल्सका आकर्षक विकल्पहरू एउटै स्थानमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो शोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहक, इन्जिनियर, आर्किटेक्ट तथा निर्माण व्यवसायीहरूलाई आवश्यक उत्पादन जानकारी, डिजाइन सुझाव तथा प्राविधिक परामर्श उपलब्ध गराउने केन्द्रका रूपमा समेत विकास गरिएको छ।
रौतहटको चन्द्रनिगाहपुरमा अत्याधुनिक उत्पादन उद्योग रहेको प्राइम टायल्सले वार्षिक ४० लाख वर्गमिटरभन्दा बढी टायल्स उत्पादन गर्दै आइरहेको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार उच्च गुणस्तरका टायल्स उत्पादन गर्दै आएको यस ब्रान्डलाई हालै नेपाल सरकारद्वारा गुणस्तरमा दिइने 'नेपाल गुणस्तर प्रमाण चिन्ह ६१७' बाट समेत सम्मानित गरिएको छ। प्राइम टायल्सले स्वदेशमै उत्पादन भएका गुणस्तरीय टायल्समार्फत नेपाली निर्माण क्षेत्रको आवश्यकता पूरा गर्दै आएको र आगामी दिनमा पनि देशभर आफ्नो बिक्री सञ्जाल विस्तार गर्दै ग्राहकलाई उत्कृष्ट उत्पादन र सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
असार १७, २०८३ बुधबार १८:४२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।