सात दिनपछि सेयर बजारमा हरियाली : ४४ अंकले बढ्यो नेप्से,  ३ अर्ब ८६ करोडको कारोबार

सात दिनपछि सेयर बजारमा हरियाली : ४४ अंकले बढ्यो नेप्से,  ३ अर्ब ८६ करोडको कारोबार

काठमाडौं : अघिल्ला सात कारोबार दिनसम्म लगातार घटेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको छ। बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२ विन्दुमा कायम भएको छ। 

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। आज ३ अर्ब ८६ करोडको कारोबार भयो। अघिल्लो दिन ३ अर्ब २५ करोडको कारोबार भएको थियो। 

२५२ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ६ को स्थिर रह्यो। आज सबै समूहका उपसूचक बढेका छन्। 

उत्पादन, जलविद्युत् र व्यापार समूह २ प्रतिशतभन्दा धेरै बढे। बैंकिङ १.१४, विकास बैंक १.१५, फाइनान्स १.४९, होटल तथा पर्यटन १.६६, जलविद्युत् २.४२, लगानी १.६५, जीवन बीमा १.४८, उत्पादन तथा प्रशोधन २.३४, माइक्रोफाइनान्स १.११, निर्जीवन बीमा २.०३, अन्य १.७६ तथा व्यापार २.६० प्रतिशत बढे।

हालै सूचीकृत स्नो रिभर्सको मूल्य १५ प्रतिशत बढेको छ। त्यस्तै सीवाईसी लघुवित्तको १४.२२ र भुजुङ हाइड्रोपावरको १३.९० प्रतिशत मूल्य बढ्यो।

आज धेरै कारोबार भएका कम्पनीमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र राधि विद्युत् छन्।

असार १७, २०८३ बुधबार १५:३२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।