सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ किनबेच?

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। 

सोमबार एक हजार चार सय र मंगलबार चार हजार पाँच सय रूपैयाँ घटेको सुन आज ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन तोलामा दुई लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा १५ रूपैयाँ घटेर चार हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलाा चार हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको थियो। 

असार १७, २०८३ बुधबार ११:०९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।