सेयर बजार निरन्तर ओरालो : २४.६३ अंकले घट्यो नेप्से, ३ अर्ब २५ करोडको कारोबार

सेयर बजार निरन्तर ओरालो : २४.६३ अंकले घट्यो नेप्से, ३ अर्ब २५ करोडको कारोबार

काठमाडौं : लगातार सातौं कारोबार दिन मंगलबार सेयर बजार घटेको छ। आज नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८ विन्दुमा झरेको छ। 

यो अंक गत पुस ९ यताकै न्यून हो। पुस ९ गते नेप्से २५८५ अंकमा थियो।

आज बजार दिनभरजसो राताम्य रह्यो। नेप्से घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ। आज ३ अर्ब २५ करोडको कारोबार भयो। अघिल्लो दिन २ अर्ब ६७ करोडको कारोबार भएको थियो।

३५ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ५ को स्थिर रह्यो। आज सबै समूहका सूचक घटेका छन्। 

बैंकिङ ०.७३, विकास बैंक ०.०१, फाइनान्स १.००, होटल तथा पर्यटन ०.९३, जलविद्युत् १.४३, लगानी ०.७४, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन १.२०, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.६१, अन्य १.३१ तथा व्यापार १.७४ प्रतिशत घटे।

हालै सूचीकृत स्नो रिभर्सको मूल्य १५ प्रतिशत बढेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १३.०४ र स्वाभिमान लघुवित्तको १०.८० प्रतिशत मूल्य बढ्यो।

टक्सार पिखुवाखोलाको मूल्य १४.०३ र याम्बलिङ हाइड्रोपावरको ८.२३ प्रतिशत घट्यो। यी दुवै कम्पनीको मूल्य अघिल्लो दिनसम्म १५ प्रतिशत बढेका थिए। 

आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, टक्सार पिखुवाखोला, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र याम्बलिङ हाइड्रोपावर छन्।

असार १६, २०८३ मंगलबार १५:३५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।