४५ सयले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

४५ सयले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार पाँच सयले घटेर दुई लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुन तोलामा दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले घटेर चार हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी चार हजार ती सय १० रुपैयाँमा कारोबार भएको थियो। 

असार १६, २०८३ मंगलबार ११:१३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।