काठमाडौंको टोखामा कजारिया रमेश टायल्सको नयाँ शोरूम उद्घाटन

काठमाडौंको टोखामा कजारिया रमेश टायल्सको नयाँ शोरूम उद्घाटन

काठमाडौं : कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा नयाँ शोरूम सञ्चालनमा ल्याएर उपत्यकामा आफ्नो बजार र रिटेल सञ्जाललाई थप विस्तार गरेको छ।

जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको यस शोरूमले टोखा र आसपासका घरधनी, निर्माण व्यवसायी तथा इन्टेरियर डिजाइनरहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

यस नयाँ शोरूमको औपचारिक उद्घाटन असार १३ गते शनिबार कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस कस्मो नेपाल २०२५ दीपशिखा नेपालले संयुक्त रूपमा गरे।

उद्घाटन समारोहमा कम्पनीका वरिष्ठ प्रतिनिधिहरू तथा जगदम्बा इन्टरनेसनलको व्यवस्थापन टोलीको सहभागिता रहेको थियो।

आधुनिक र ग्राहक-मैत्री ढाँचामा व्यवस्थित गरिएको यस शोरूममा ग्राहकहरूले विभिन्न टेक्सचर, प्याटर्न र साइजका टायलहरू प्रत्यक्ष रूपमा छनोट गर्न सक्नेछन्। यसले गर्दा ग्राहकहरूलाई आफ्नो व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उपयुक्त टायल छान्न सहज हुने कम्पनीको भनाइ छ।

उद्घाटनका अवसरमा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले भने, ‘जगदम्बा इन्टरनेसनलसँगको यो सहकार्य टोखा रोड र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हाम्रा उत्पादनहरू स्थानीय बासिन्दाहरूको पायक पर्ने स्थानमा ल्याएर हामी उहाँहरूको घर निर्माण र मर्मतसम्भारको यात्रालाई सहज बनाउन चाहन्छौं।’

नेपालभर १०० भन्दा बढी शोरूमहरूको नेटवर्क रहेको कजारिया रमेश टायल्ससँग नेपालमै ठूलो टायल उत्पादन उद्योग रहेको छ। कम्पनीले आईएसओ ९००१:२०१५ र आईएसओ १४००१:२०१५ प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिलको सदस्यता तथा नेपाल सरकारको एनएस क्वालिटी अवार्ड २०२६ प्राप्त गरिसकेको छ।

यस नयाँ शोरूममा विभिन्न साइजका ग्लेज्ड भिट्रिफाइड टायल्स, सेरामिक वाल टायल्स र मजबुत क्षमताका हेभी ड्युटी भिट्रिफाइड टायल्सहरू प्रदर्शनमा राखिएका छन्, जुन हाल सर्वसाधारणका लागि खुला भइसकेको छ।

असार १६, २०८३ मंगलबार १०:३६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।