लगातार छैटौँ दिन पनि घट्यो सेयर बजार : नेप्से १६ अंकले घट्दा कारोबार रकम २ अर्ब ६७ करोडमा खुम्चियो

लगातार छैटौँ दिन पनि घट्यो सेयर बजार : नेप्से १६ अंकले घट्दा कारोबार रकम २ अर्ब ६७ करोडमा खुम्चियो

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ। गत साताका पाँचै दिन घटेको सेयर बजार आज पनि घटेको हो। सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२ विन्दुमा कायम भएको छ। 

आज बजार दिनभरजसो राताम्य रह्यो। सोमबार कारोबार रकम पनि घटेको छ। आज दुई अर्ब ६७ करोडको कारोबार भयो। शुक्रबार ३ अर्ब ९४ करोडको कारोबार भएको थियो। 

२९ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो भने ६ को स्थिर रह्यो। आज सबै समूहका उपसूचक घटेका छन्। 

बैंकिङ ०.०९, विकास बैंक ०.७९, फाइनान्स १.१३, होटल तथा पर्यटन १.१४, जलविद्युत् ०.७२, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन १.१४, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा १.३९, अन्य ०.५१ तथा व्यापार ०.३२ प्रतिशत घटे।

स्नो रिभर फल्स, टक्सार पिखुवाखोला, याम्बलिङ हाइड्रोपावर र धौलागिरि लघुवित्तको सेयर मूल्य १५ प्रतिशत बढेको छ। 

आज धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आईएमई बैंक, सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र आँखुखोला जलविद्युत् छन्।

असार १५, २०८३ सोमबार १५:३३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।