सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन तोलामा दुई लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।  

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा १५ रूपैयाँले घटेर चार हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलामा चार हजार तीन सय ३२५ रुपैयाँमा कारोबार भएको थियो। 

असार १५, २०८३ सोमबार ११:२५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।