जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो अपाचे आरटिआर १६० ४भी मोटरसाइकल

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो अपाचे आरटिआर १६० ४भी मोटरसाइकल

काठमाडौं : टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा टिभिएस अपाचे आरटिआर १६० ४भीको नयाँ संस्करण सार्वजनिक गरेको छ। सतुङ्गलमा आयोजित एक कार्यक्रमकाबीच जगदम्बाले उक्त मोटरसाइकल सार्वजनिक गरेको हो।

नयाँ संस्करणको मोटरसाइकलमा १६० सीसी सेग्मेन्टमा पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, ३७ एमएमको अपसाइड डाउन (USD) फक्स र ५ इन्चको टीएफटी क्लस्टर जस्ता प्राविधिक सुविधाहरू थप गरिएका छन्। जगदम्बाका अनुसार मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीनवटा रङमा उपलब्ध छ।

१५९.७ सीसी इन्जिन क्षमता भएको यस मोटरसाइकलमा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइट मोडहरू रहेका छन्। स्पोर्ट मोडमा यसले १७.५५ पीएस शक्ति (९२५० आरपीएममा) र अर्बन तथा रेन मोडमा १५.६४ पीएस शक्ति (८६५० आरपीएममा) उत्पादन गर्दछ। सुरक्षाका लागि यसमा ड्युअल-च्यानल एबीएस जडान गरिएको छ भने ५-स्पीडको गियरबक्स र १२ लिटरको इन्धन ट्याङ्की रहेको छ।

जगदम्बा मोटर्सले यस मोटरसाइकलको एभरेष्ट शोरूम मूल्य चार लाख २९ हजार ९०० रुपैयाँ तोकेको छ। हाल काठमाडौंका केही डिलरशिपमा उपलब्ध यो मोटरसाइकल सन् २०२६ जुलाईसम्ममा देशभरका नेटवर्कमा उपलब्ध हुने जगदम्बाले जनाएको छ।

असार १५, २०८३ सोमबार ०९:१२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।