४७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

४७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। 

गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार सात सय र चाँदी एक सय ४५ रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार आठ सयमा किनबेच भइरहेको छ।   

शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा एक सय ४५ रुपैयााले बढेर चार हजार तीन सय २५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी तोलामा चार हजार एक सय ८० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

असार १४, २०८३ आइतबार ११:०४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।