एन आई सी एशिया बैंकद्वारा पर्वतको जननेत्र माविमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग
काठमाडौं : एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका देउपुरस्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठन र खेलकुद गतिविधिलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले बैंकले उक्त सहयोग उपलब्ध गराएको हो।
शनिबार विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका चिफ मार्केटिङ्ग अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले संयुक्त रूपमा उक्त सामग्रीहरू हस्तान्तरण गरे। हस्तान्तरण गरिएका सामग्रीहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा र प्रधानाध्यापक दिपक शर्माले ग्रहण गरेका थिए।
हाल १९१ जना भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको उक्त विद्यालयलाई बैंकले विद्यार्थीहरूका लागि आवश्यक झोला, पेन्सिल, कपी र पेन जस्ता शैक्षिक सामग्रीहरू प्रदान गरेको छ। यसका साथै विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सट पुट बल र जेवलिन थ्रो लगायतका खेलकुद सामग्रीहरू समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिकाहरू, विद्यार्थीहरू तथा बैंकका स्थानीय कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
बैंकले उपलब्ध गराएको यो सहयोगले विद्यार्थीहरूको नियमित पठनपाठन र खेलकुद सोखलाई थप सहज बनाउने र विद्यालयमा खेलकुदमैत्री एवं गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न ठूलो मद्दत पुग्ने विश्वास बैंकको छ।
असार १४, २०८३ आइतबार १०:४५:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।