लेखक रमेश रुछेन राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ प्रदान गरिने

लेखक रमेश रुछेन राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ प्रदान गरिने

एजेन्सी : मदन भण्डारी फाउण्डेशनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गर्ने निर्णय गरेको छ।

राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई यस पुरस्कारका लागि छनोट गरिएको हो।

पुरस्कारस्वरूप राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ।

एमाले नेता मदन भण्डारीको विचार, व्यक्तित्व र राजनीतिक योगदानलाई दस्तावेजीकरण तथा प्रचार-प्रसार गर्न योगदान पुर्याउने व्यक्ति वा संस्थालाई फाउण्डेशनले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।

इलामको सूर्योदय नगरपालिका-११ का स्थायी बासिन्दा राई लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अनुसन्धानकर्ताका रूपमा सक्रिय छन्।

आगामी असार १४ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमा यो पुरस्कार प्रदान गरिनेछ।

असार १३, २०८३ शनिबार १३:४९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।