घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। 

बुधबारको तुलनामा आज सुन तोलामा एक सय र चाँदी ३५ रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य दुई लाख ९७ हजार दुई सय कायम भएको छ। 

बुधबार सुन तोलामा दुई लाख ९७ हजार तीन सयमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँलै घटेर तोलामा चार हजार नौ सय ४५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा चार हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

असार ४, २०८३ बिहीबार ११:००:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।