इन्फिनिक्सले ल्यायो ‘स्मार्ट २०’ स्मार्टफोन
काठमाडौं : स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ‘स्मार्ट २०’ सार्वजनिक गरेको छ। एआई आधारित सञ्चार सुविधा, लामो ब्याट्री ब्याकअप र कार्यसम्पादनलाई मुख्य विशेषताका रूपमा प्रस्तुत गर्दै नयाँ फोन बजारमा ल्याएको हो।
स्मार्टफोनलाई दुई वटा स्टोरेज भेरियन्टमा उपलब्ध गराएको छ। ४ जिबी र्याम र ६४ जिबी स्टोरेज भएको संस्करणको मूल्य १९ हजार ९९९ रुपैयाँ र ४ जिबी र्याम र १२८ जिबी स्टोरेज भएको संस्करणको मूल्य २१ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।
स्मार्टफोनमा ६.७८ इन्चको १२० हर्ज रिफ्रेस रेटसहितको पन्च-होल डिस्प्ले र मिडियाटेक हेलियो जी८१ अल्टीमेट प्रोसेसर प्रयोग गरिएको छ। फोन ४८ महिनाको ‘फ्लुइन्सी सर्टिफिकेसन’ सहित आएको कम्पनीले जनाएको छ।
फोनमा ५२०० एमएएच क्षमताको ब्याट्री र ७.७ मिमीको अल्ट्रा-स्लिम डिजाइन छ। सञ्चार सुविधातर्फ यसमा मोबाइल नेटवर्क नभएको अवस्थामा पनि १ किलोमिटरसम्म कल र सन्देश आदानप्रदान गर्न सकिने ‘अल्ट्रालिंक फ्रि कल’ र कोलाहलपूर्ण वातावरणमा आवाज स्पष्ट बनाउने ‘पियोर भोइस’ प्रविधि समावेश छ।
सुरक्षाका लागि यसमा आईपी ६४ वाटर एण्ड डस्ट रेसिस्ट्यान्स र १.५ मिटरको ‘ड्रप रेसिस्ट्यान्स’ सुविधा दिइएको छ।
असार १२, २०८३ शुक्रबार २२:०९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।