साताको अन्तिम कारोबार दिन झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ९४ करोडको कारोबार
काठमाडौं : साताको अन्तिम कारोबार दिन पनि सेयर बजार घटेको छ। आज नेप्से परिसूचक २ अंकले घटेर २६४९ विन्दुमा झरेको छ।
कारोबार रकम भने बढेको छ। आज तीन अर्ब ९४ करोडको कारोबार भयो। अघिल्लो दिन दुई अर्ब ८३ करोडको कारोबार भएको थियो।
८५ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने २० को स्थिर रह्यो।
आज होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा र व्यापार समुहका उपसूचक बाहेक सबै उपसूचक राताम्य बनेका छन्। होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.०६, निर्जीवन बीमा ०.५४ र व्यापार १.०८ प्रतिशत बढेका छन्। बैंकिङ ०.०६, विकास बैंक ०.२७, फाइनान्स ०.३१, लगानी ०.५८, जीवन बीमा ०.०५, उत्पादन तथा प्रशोधन ०.३८, माइक्रोफाइनान्स ०.५६ र अन्य ०.०७ प्रतिशत घटेका छन्।
स्नो रिभरको सेयर मूल्य १५ प्रतिशत बढेको छ भने टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावर १४.९९ प्रतिशत बढेका छन्।
आज धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आइएमई बैंक डिबेञ्चर, नबिल बैंक डिबेञ्चर, आँखुखोला जलविद्युत् र सिटी होटल छन्।
असार १२, २०८३ शुक्रबार १५:१८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।