सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेर दुई लाख ७९ हजार एक सय रुपैयाँमा किनबेच भैइरहेको छ। 

बिहीबार सुन तोलामा दुई लाख ७८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। शुक्रबार चाँदी आज ५५ रुपैयाँले घटेर चार हजार एक सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ।
बिहीबार चाँदी तोलामा चार हजार दुई सय ३५ रुपैयाँमा कारोवार भएको थियो।

असार १२, २०८३ शुक्रबार ११:१५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।