कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा १० प्रतिशत छुट

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा १० प्रतिशत छुट

काठमाडौं : कुमारी बैंक लिमिटेड र टंगालस्थित नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच छुट सम्झौता भएको छ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले उक्त ल्याबबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षण सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले यो सहकार्य गरेको जनाएको छ। बैंकले यसअघि पनि मेदांता र इन्द्रप्रस्थ एपोलो जस्ता स्वदेशी तथा विदेशी अस्पतालहरूसँग यस्तै किसिमका सहुलियत सम्झौता गरेको थियो।

हाल कुमारी बैंकले देशभर रहेका २८६ शाखा, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ एकाइहरूमार्फत सेवा दिइरहेको छ।  

असार ११, २०८३ बिहीबार २२:४०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।