विश्वकप हेर्नेलाई DGO को बम्पर उपहार योजना

विश्वकप हेर्नेलाई DGO को बम्पर उपहार योजना

काठमाडौं : फुटबल खेलाडी लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर DGO र हिमालयन स्पोर्ट्सले 'फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे' अभियान सुरु गरेका छन्। 

अनधिकृत र पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै आधिकारिक च्यानलमार्फत विश्वकप हेर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त उपहार योजना ल्याइएको हो।

जुन २१ देखि सुरु भएको अभियान आगामी जुलाई १५ सम्म सञ्चालन हुनेछ। यसमा सहभागी हुन ग्राहकले DGO एप डाउनलोड गरी आफ्नो खाता दर्ता गर्नुपर्ने र सोही एपबाट फिफा विश्वकप २०२६ का लागि सिजन पास वा मोबाइल पास खरिद गर्नुपर्नेछ। 

साथै, सहभागीले DGO को आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक खाताहरू फलो गर्नुपर्ने सर्त राखिएको छ। उपहार योजनाअन्तर्गत सिजन पास खरिदकर्ताहरूका लागि लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारको हस्ताक्षर गरिएको आधिकारिक जर्सी, जोडीका लागि भियतनाम टुर प्याकेज, ५५ इन्चको स्मार्ट टिभी र मौलाकाली रिसोर्टमा एक रातको बसाइ जस्ता पुरस्कारहरू राखिएका छन्। 

यस्तै, मोबाइल पास खरिदकर्ताहरूले पनि भियतनाम भ्रमण, स्मार्ट टिभी र स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएको छ। नेपालभित्र बसोबास गर्ने सक्रिय DGO प्रयोगकर्ताहरूका लागि मात्र उपहार योजना केन्द्रित छ।

असार ११, २०८३ बिहीबार २०:१०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।