सेयर बजार राताम्य, कारोबार पनि २ अर्ब ८३ करोडमा सीमित
काठमाडौं : बिहीबार पनि सेयर बजार घटेको छ। आज नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१ विन्दुमा कायम भएको छ। अघिल्लो दिन नेप्से २६५४ अंकमा पुगेको थियो।
कारोबार रकम पनि घटेको छ। आज दुई अर्ब ८३ करोडको कारोबार भयो। अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएको थियो।
८३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १९ को स्थिर रह्यो। उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका उपसूचक घटेका छन्। उत्पादन तथा प्रशोधन ०.१४ प्रतिशत बढेको छ।
बैंकिङ ०.१९, विकास बैंक ०.१५, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.४१ लगानी ०.१६, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.४०, व्यापार १.९६ र अन्य ०.४७ प्रतिशत घटेका छन्।
टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १४.९९ प्रतिशत बढेका छन्।
आज धेरै कारोबार भएकामा कम्पनीमा सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी विकास बैंक, आँखुखोला जलविद्युत् र नेपाल एसबीआई बैंङ्क छन्।
असार ११, २०८३ बिहीबार १५:२७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।