जीडब्लुएमको एसयूभी ‘ओरा ५’ काठमाडौंमा सार्वजनिक, ५२० किमी रेन्जको दाबी

जीडब्लुएमको एसयूभी ‘ओरा ५’ काठमाडौंमा सार्वजनिक, ५२० किमी रेन्जको दाबी

काठमाडौं : जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्सले सोमबार काठमाडौंमा प्रिमियम इलेक्ट्रिक एसयूभी ‘ओरा ५’ सार्वजनिक गरेको छ। चीन र थाइल्यान्डपछि नेपाललाई प्रमुख बजारका रूपमा छनोट गर्दै ‘ओरा ५’ सार्वजनिक गरिएको हो।

नेपालमा ओरा ५ दुई भेरियन्टमा उपलब्ध गराइएको छ। मिड भेरियन्ट ४६ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार सुरुवाती मूल्य तोकिएको छ। एक पटकको पूर्ण चार्जमा यसले अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने विज्ञप्तिमा उल्लेख छ।

सुरक्षाका दृष्टिले यो गाडीले एनक्याप र युरो एनक्याप दुवैमा ५ स्टार रेटिङ प्राप्त गरेको छ। यसमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचरहरू, २०० एमएम ग्राउन्ड क्लियरेन्स, ३६० डिग्री क्यामेरा र प्यानोरामिक मुनरुफ विशेषताहरू समावेश छन्।

असार ११, २०८३ बिहीबार १४:३५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।