एनआईसी एशिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग

एनआईसी एशिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग

एजेन्सी : एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिका-८ स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ। विद्यालयको शैक्षिक वातावरणलाई प्रविधिमैत्री र गुणस्तरीय बनाउने उद्देश्यले बैंकले सो सहयोग गरेको हो।

आषाढ १० गते आयोजित एक कार्यक्रमका बीच बैंकका काठमाडौं इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जिप पुरीलाई सो स्मार्ट बोर्ड हस्तान्तरण गर।

प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा गरिएको सहयोगले पठनपाठनमा थप सहजता आउने विश्वास बैंकले लिएको छ।

असार ११, २०८३ बिहीबार १२:१२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।