तोलामा ५२ सय रुपैयाँ घट्यो सुन, चाँदी पनि सस्तियो

तोलामा ५२ सय रुपैयाँ घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच हजार दुई सय रूपैयाँ घटेर दुई लाख ७८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। 

बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला दुई सय ५० रूपैयाँले घटेर चार हजार दुई सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार चाँदी प्रतितोला चार हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

असार ११, २०८३ बिहीबार ११:५८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।