२६६० विन्दुमा नेप्से, ४ अर्ब ४१ करोडको कारोबार

२६६० विन्दुमा नेप्से, ४ अर्ब ४१ करोडको कारोबार

काठमाडौं : बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६० विन्दुमा कायम भएको छ। नेप्सेको यो अंक ४ महिनाकै न्यून हो। फागुन १४ गते नेप्से २६५४ अंकमा झरेको थियो। 

कारोबार रकम भने केही बढेको छ। आज ४ अर्ब ४१ करोडको कारोबार भयो। अघिल्लो दिन ४ अर्ब ३६ करोडको कारोबार भएको थियो।

६२ कम्पनीको मूल्य बढ्दा २०२ को घट्यो भने १० को स्थिर रह्यो। फाइनान्स र व्यापार बाहेक सबै समूहका उपसूचक घटेका छन्। फाइनान्स ०.१९ तथा व्यापार ०.८१ प्रतिशत बढे।

बैंकिङ ०.४८, विकास बैंक ०.५७, होटल तथा पर्यटन ०.६२, जलविद्युत् ०.६२, लगानी ०.३२, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन १.१०, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.६४ र अन्य १.०२ प्रतिशत घटे।

हालै सूचीकृत भएका टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको छ। भुजुङ हाइड्रोपावरको मूल्य १४.६९ प्रतिशत बढ्यो। 

आज धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत्, सोपान फर्मास्युटिकल्स, युनाइटेड मोदी हाइड्रोपावर, सप्तकोशी विकास बैंक र साहस ऊर्जा छन्।

असार १०, २०८३ बुधबार १५:३०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।