तोलामा ३६ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

तोलामा ३६ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार छ सय रुपैयाँले घटेर दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार सुन दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य एक सय पाँच रूपैयाँले घटेर चार हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चार हजार पाँच सय ९० रुपैयाँमा कारोबार भएको थियो। 

असार १०, २०८३ बुधबार ११:१०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।