एन आई सी एशिया बैंकको हकप्रद सेयर निष्काशनका लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

एन आई सी एशिया बैंकको हकप्रद सेयर निष्काशनका लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं : एन आई सी एशिया बैंक लिमिटेडले २:१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार बैंकले साविकका सेयरधनीहरूका लागि विद्यमान २ कित्ता सेयर बराबर नयाँ १ कित्ता (२:१ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार बैंकले कुल ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको, प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ७ करोड ४५ लाख ८७ हजार ८ सय ३५ कित्ता हकप्रद सेयर जारी गर्नेछ। हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ रुपैयाँ रहेको छ।

हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत पार्न र व्यवसाय विस्तारमा उपयोग गरिने बैंकले जनाएको छ।

निष्काशनसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

असार १०, २०८३ बुधबार ०९:३९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।