जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स, एमएडब्लु र ग्लोबल आइएमई बैंकबीच समझदारी
काठमाडौं : निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकहरूलाई सहज वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यस सहकार्यअनुसार ग्राहकहरूले जेसीबीका निर्माण उपकरण खरिद गर्दा ८० प्रतिशतसम्म वित्तीय (कर्जा) सुविधा पाउनेछन्।
समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका छन्।
यस सम्झौताअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकमार्फत अधिकतम ५ वर्षसम्मका लागि हायर पर्चेज कर्जा प्राप्त गर्न सक्नेछन्।
आवश्यक प्रक्रिया र कागजात पूरा भएको एक साताभित्र बैंकले डेलिभरी अर्डर जारी गर्ने व्यवस्था मिलाइएको छ। यो कर्जा सुविधाले निर्माण व्यवसायी, ठेकेदार तथा साना र मझौला उद्यमीहरूलाई आधुनिक उपकरणमा लगानी गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
असार १०, २०८३ बुधबार ०९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।