जोरपाटीको नेपालटारमा प्राइम टायल्सको नयाँ शोरुम
काठमाडौं : नेपाली टायल्स ब्रान्ड प्राइम टायल्सले काठमाडौंको जोरपाटीस्थित नेपालटारमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
स्वागत ट्रेडिङ ग्रुपमा स्थापना गरिएको उक्त लक्जरी शोरुमको उद्घाटन पूर्वप्रधानन्यायाधीश प्रकाश मान सिंह राउतले गरेका हुन्।
बढ्दो शहरीकरण र निर्माण गतिविधिलाई मध्यनजर गर्दै ग्राहकलाई गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ।
रौतहटको चन्द्रनिगाहपुरमा रहेको अत्याधुनिक उद्योगबाट वार्षिक ४० लाख वर्गमिटरभन्दा बढी टायल्स उत्पादन गर्दै आएको प्राइम टायल्सले हालै नेपाल गुणस्तर प्रमाण चिन्ह समेत प्राप्त गरेको छ।
नयाँ शोरुममा विभिन्न आकार, डिजाइन र फिनिसिङका फ्लोर, वाल तथा डेकोरेटिभ टायल्सहरू उपलब्ध छन्।
यो शोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहक, इन्जिनियर, आर्किटेक्ट र निर्माण व्यवसायीहरूका लागि आवश्यक प्राविधिक परामर्श केन्द्रका रूपमा समेत रहने कम्पनीले उल्लेख गरेको छ।
असार १०, २०८३ बुधबार ०९:१७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।