मंगलबार २६ अङ्कले घट्यो सेयर बजार, चार अर्ब ३६ करोडको कारोबार
काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २६ दशमलव १६ अङ्कले घटेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१ अङ्कले ओरालो लागेर ४६१ दशमलव ४८ मा सीमित भएको हो।
कूल ३५३ कम्पनीको एक करोड ४० हजार १६४ कित्ता सेयर चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मूल्यमा खरिद बिक्री भए। कारोबार भएकामध्ये मंगलबार २२ कम्पनीको मात्रै सेयर मूल्य वृद्धि भएको छ। नेप्सेका अनुसार, २३९ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ११ कम्पनीको भने कुनै परिवर्तन भएन।
कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। सोपान फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र बुङ्गल हाइड्रोपावर शीर्ष स्थानमा छन्।
मंगलबारको कारोबारमा टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्टग्रोथ स्किम तेस्रो र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले कमाएका छन्। बुङ्गल हाइड्रो, अपोलो हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोका सेयरधनीले भने गुमाएका छन्।
असार ९, २०८३ मंगलबार १६:५३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।