‘डिगो’ले लियो ओटीटी लाइसेन्स

‘डिगो’ले लियो ओटीटी लाइसेन्स

काठमाडौं : डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ नेपाल सरकारबाट आधिकारिक रूपमा ओटीटी प्रसारण अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावली बमोजिम कम्पनीले यो इजाजतपत्र प्राप्त गरेको हो।

यस अनुमतिसँगै डिगो ओटीटीले देशको प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुरूप आधिकारिक रूपमा आफ्नो सेवा सञ्चालन गरिरहेको पुष्टि भएको कम्पनीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

सदस्यतामा आधारित यो डिजिटल स्ट्रिमिङ प्लेटफर्मले दर्शकहरूका लागि चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीहरू सुरक्षित र सहज रूपमा उपलब्ध गराउँदै आएको छ।

विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गरेसँगै यसले नेपाली डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न महत्त्वपूर्ण आधार तयार पारेको कम्पनीको भनाइ छ।

आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव र अन्तर्राष्ट्रिय साझेदारीमार्फत डिगो ओटीटीलाई विश्वस्तरको डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा विकास गर्दै लैजाने डिशहोम डिजिटलले प्रतिबद्धता व्यक्त गरेको छ।

असार ९, २०८३ मंगलबार ०९:०१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।