घट्यो सेयर बजार, ४ अर्ब ४४ करोडको कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक १.४६ अंकले घटेर २७०० विन्दुमा कायम भएको छ।
कारोबार रकम घटेको छ। आज ४ अर्ब ४४ करोडको कारोबार भयो। अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएको थियो।
११६ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने १४ को स्थिर रह्यो।
फाइनान्स सबैभन्दा धेरै १.०१ प्रतिशत बढेको छ। माइक्रोफाइनान्स ०.४२ प्रतिशत तथा व्यापार ०.९२ प्रतिशत बढे। बैंकिङ ०.१० अंक, विकास बैंक ०.०७, होटल तथा पर्यटन ०.१५, जलविद्युत् ०.२०, लगानी ०.०२, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.०६, निर्जीवन बीमा ०.२१ र अन्य ०.२० प्रतिशत घटे।
शुक्रबार मात्रै सूचीकृत भएका टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको छ।
आज धेरै कारोबार भएका कम्पनीमा सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, स्वाबलम्बन लघुवित्त, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स छन्।
असार ८, २०८३ सोमबार १५:५७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।