दोस्रो दिन पनि बढ्यो सुनचाँदीको मूल्य

दोस्रो दिन पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। 

आइतबारको तुलनामा आज सुन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले बढेर चार हजार सात सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार चाँदी प्रतितोला चार हजार ६ सय ९० रूपैयाँमा कारोबार भएको थियो।

असार ८, २०८३ सोमबार ११:११:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।