श्रीलंका-ए विरुद्ध सूर्यवंशीले खेले २९ बलमा ९४ रनको शानदार पारी

श्रीलंका-ए विरुद्ध सूर्यवंशीले खेले २९ बलमा ९४ रनको शानदार पारी

एजेन्सी : श्रीलङ्कामा जारी त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खला अन्तर्गत आइतबार भारत-ए र श्रीलङ्का-ए बीचको खेलमा भारतीय ब्याटर वैभव सूर्यवंशीले २९ बलमा ९४ रनको पारी खेलेका छन्। 

दम्बुलास्थित रंगिरी अन्तर्राष्ट्रिय स्टेडियममा भएको उक्त खेलमा उनले मात्र ११ बलमा अर्धशतक पूरा गरेका थिए।

श्रीलङ्काले टस जितेर पहिले बलिङ गर्ने निर्णयसहित मैदान प्रवेश गरेको भारतीय टोलीका ब्याटर सूर्यवंशीले आक्रामक सुरुवात दिलाएका हुन्।

यसअघि खेलिएका चार खेलमा जम्मा ११७ रन मात्र बनाएका सूर्यवंशीको उच्च स्कोर ४४ रन रहेको थियो। आजको खेलमा उनले उक्त प्रदर्शनमा उल्लेख्य सुधार गरेका छन्। 

असार ७, २०८३ आइतबार १३:२६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।