सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच?

 काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। 

शुक्रबारको तुलनामा आज सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। 

शुक्रबार सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार चाँदीको मूल्य ५० रुपैयाँले बढेर चार हजार ६ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ। 

शुक्रबार चाँदी प्रतितोला चार हजार ६ सय ४० रूपैयाँमा कारोबार भएको थियो।

असार ७, २०८३ आइतबार ११:००:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।