एनसेल र ट्रिप टर्बोबीच साझेदारी : यात्रा र साहसिक गतिविधिमा आठ हजारसम्म छुट
काठमाडौं : एनसेल एपमार्फत बस र आन्तरिक हवाई टिकट बुकिङ तथा साहसिक गतिविधिहरूमा सहभागि हुँदा सहुलियत प्राप्त हुने भएको छ। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल र डिजिटल ट्राभल प्लेटफर्म ‘ट्रिप टर्बो’बीच यससम्बन्धी व्यावसायिक साझेदारी भएको छ।
साझेदारीअनुसार ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्नेले उक्त सुविधा पाउनेछन्। एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’भित्र रहेको ट्रिप टर्बो सेक्सनमार्फत सेवा लिँदा विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा आठ हजारसम्मको छुट प्राप्त गर्न सकिने जनाइएको छ।
छुट सुविधाअन्तर्गत हवाई यात्रातर्फ पहिलो पटक आन्तरिक उडानको टिकट बुकिङ गर्दा दुई सय र त्यसपछिका प्रत्येक उडानमा १४० रुपैयाँ बचत हुनेछ। यस्तै, बस टिकट बुकिङमा प्रतिटिकट १११ रुपैयाँ छुट पाइने छ। ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटल र होलिडे प्याकेजहरू उपलब्ध गराउँदै आएको छ।
असार ६, २०८३ शनिबार १८:४४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।