फिफा विश्वकप २०२६ लक्षित क्लियर मेनले ल्यायो ‘क्लियर हेडले खेलौं’ अभियान
काठमाडौं : क्लियर मेनले फिफा विश्वकप २०२६ को अवसरमा नेपालमा ‘क्लियर हेडले खेलौं’ अभियान सार्वजनिक गरेको छ। फुटबल संस्कृति र नेपाली युवाहरूको फुटबलप्रतिको प्रेमलाई जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो।
क्लियर मेनले यसअन्तर्गत फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको तस्बिर र हस्ताक्षर अंकित ‘रोनाल्डो प्याक’ (सीमित संस्करण) बजारमा ल्याएको छ। साथै नेपाली हिप-हप कलाकार गिरिश खतिवडाले अभियानको लागि ‘क्लियर हेडले खेलौं’ बोलको एक ऊर्जाशील एन्थम (गीत) समेत तयार पारेका छन्।
युनिलिभर नेपालकी मार्केटिङ हेड सुरभि गोस्वामीले आजको समयमा फुटबल केवल खेल मात्र नभई अभिव्यक्तिको माध्यम समेत बनेको बताइन्। युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विश्वकपको विश्वव्यापी ऊर्जालाई नेपाली उपभोक्ता र फुटबल प्रेमीहरूसम्म पुर्याउनु मुख्य लक्ष्य रहेको उल्लेख गरे।
क्लियर मेनले उपभोक्ताका लागि विशेष अफर समेत ल्याएको छ। ई-कमर्स प्लेटफर्म ‘दराज’मार्फत रोनाल्डो प्याक खरिदमा काठमाडौंको प्रिमियम सेलुन ‘लक्ष्मी सेलुन’मा निःशुल्क ‘CR7 हेयरकट, वास र स्टाइलिङ’ गराउनेछ।
क्लियरका यी उत्पादनहरू ३२५ एमएल र ६२५ एमएलको प्याकमा देशभरका प्रमुख बिक्री केन्द्रहरू र अनलाइन माध्यममा उपलब्ध छन्। डिजिटल मिडिया, टिकटक/रिल्स चुनौती र विभिन्न स्थलगत गतिविधिमार्फत थप विस्तार गरिने क्लियर मेनले जनाएको छ।
असार ५, २०८३ शुक्रबार २०:०३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।