हिमस्टार फिफा विश्वकप २०२६ को सहप्रायोजक
काठमाडौं : नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड हिमस्टार फिफा विश्वकप २०२६ को नेपाल प्रसारणका लागि सहप्रायोजक बनेको छ। विगत २७ वर्षदेखि नेपाली बजारमा स्थापित हिमस्टारले विश्वकपको टेलिभिजन र अनलाइन प्रसारणका लागि साझेदारी गरेको हो।
हिमस्टारले विश्वकपको टेलिभिजन प्रसारणका लागि ‘हिमालय स्पोर्ट्स टिभी’ र अनलाइन प्रसारणका लागि ‘डिगो एप’सँग सहकार्य गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ। ‘विश्वकप २०२६’ विशेष अफर समेत सार्वजनिक गरिएको छ।
हिमस्टारको ४३ इन्च वा सोभन्दा माथिको अल्ट्रा एचडी टेलिभिजन खरिद गर्दा ३२ प्रतिशतसम्म क्यासब्याक प्राप्त हुनेछ। साथै, खरिदकर्ताले फिफा विश्वकप २०२६ को ‘लाइभ टिभी सिजन पास’ र एक वर्षको ‘नेट टिभी’ प्याकेज समेत निःशुल्क पाउने उल्लेख गरेको छ।
असार ५, २०८३ शुक्रबार १९:५१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।