टिभिएस ‘एनटर्क १२५ रेस एक्सपी’ अब ब्लेज ब्लु भेरियन्टमा

टिभिएस ‘एनटर्क १२५ रेस एक्सपी’ अब ब्लेज ब्लु भेरियन्टमा

काठमाडौं :  नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘एनटर्क १२५ रेस एक्सपी’को नयाँ ‘ब्लेज ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेको छ।

बिहीबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित एक कार्यक्रमका बीच जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले उक्त नयाँ स्कुटरको अनावरण गरे। कम्पनीका अनुसार नयाँ भेरियन्टमा आकर्षक ब्लेज ब्लु रङसँगै स्पोर्टी ग्राफिक्स र रेसिङ प्रेरित डिजाइनलाई प्राथमिकता दिइएको छ। 

युवा राइडरहरूलाई लक्षित गरिएको यस स्कुटरले ५० केएमपीएलको परीक्षित माइलेज प्रदान गर्ने दाबी गरिएको छ। कम्पनीले यस स्कुटरमा ‘लाइफटाइम वारेन्टी’को सुनिश्चितता समेत प्रदान गरेको छ। 

यसअघि नै नेपाली बजारमा लोकप्रिय रहेको एनटर्क सिरिजमा नयाँ रङको थपले ब्रान्डको उपस्थिति अझ बलियो हुने कम्पनीको विश्वास छ। देशभर टिभिएसका आधिकारिक शोरुममार्फत नयाँ ब्लेज ब्लु भेरियन्टको उपलब्धता, मूल्य र सुविधाबारे जानकारी प्राप्त गर्न सकिने छ।  

असार ५, २०८३ शुक्रबार १९:४५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।