फोटोन ‘कर्पोरेट कमर्सियल भेइकल अवार्ड’बाट सम्मानित
काठमाडौं : यातायात क्षेत्रमा योगदान पुर्याएबापत फोटोन ब्रान्ड ‘कर्पोरेट कमर्सियल भेइकल अवार्ड २०२६’बाट सम्मानित भएको छ।
काठमाडौंको होटल र्याडिसनमा आयोजित एक कार्यक्रमका बीच फोटोनको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकलका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले उक्त अवार्ड ग्रहण गरे।
नेपालको व्यावसायिक सवारीसाधन बजारमा आधुनिक प्रविधि, सुरक्षा र वातावरणमैत्री यातायातका साधन भित्र्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो। हाल नेपालमा फोटोनका २ हजारभन्दा बढी व्यावसायिक सवारीसाधनहरू सञ्चालनमा रहेका छन्।
विशेषगरी विद्युतीय सवारीसाधनको प्रवर्द्धन र कार्बन उत्सर्जन न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ। अवार्ड ग्रहण गरेपछि प्रमुख कार्यकारी अधिकृत बरालले आगामी दिनमा पनि नवीन प्रविधि र प्रभावकारी बिक्रीपछिको सेवामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।
फोटोनले हाल नेपालभर ‘३एस’ (सेल्स, सर्भिस र स्पेयर्स) नेटवर्क सञ्चालन गरिरहेको छ। विद्युतीय सवारीसाधनका लागि आवश्यक पूर्वाधार विकास गर्ने क्रममा देशभर दुई सयभन्दा बढी ‘सीसीएस २’ फास्ट चार्जिङ पोइन्टहरू स्थापना गरिसकेको कम्पनीले जनाएको छ।
असार ५, २०८३ शुक्रबार १९:३७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।