द ब्रिटिस कलेजलाई ब्रिटिस एक्रिडिटेसन काउन्सिलको पुन: मान्यता
काठमाडौं : ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित द ब्रिटिस कलेजले ब्रिटिस एक्रिडिटेसन काउन्सिलबाट पुन: मान्यता प्राप्त गरेको छ।
कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा सन् २०३० मे ३१ सम्मका लागि यो अन्तर्राष्ट्रिय मान्यता पाएको हो।
यो मान्यता नवीकरण गर्नुअघि बेलायतबाट आएको निरीक्षकहरूको टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, भौतिक पूर्वाधार र रोजगारीको सम्भावनाजस्ता पक्षहरूको विस्तृत मूल्याङ्कन गरेको थियो।
सन् १९८४ मा स्थापित बिएसीले संस्थागत सुशासन, रणनीति, शिक्षण सिकाइ र गुणस्तर व्यवस्थापनका आधारमा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक संस्थाहरूको मूल्याङ्कन गर्ने गर्दछ।
कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले यो मान्यताले कलेजको शैक्षिक प्रणाली र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गरेको बताए।
त्यस्तै, कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालको उच्च शिक्षाको विकासमा योगदान पुर्याउन आगामी दिनमा थप अन्तर्राष्ट्रिय असल अभ्यासहरू अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरे।
बिएसीकी उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले कडा स्वतन्त्र मूल्याङ्कन सफलतापूर्वक पार गरी पुनः मान्यता प्राप्त गरेकोमा कलेजलाई बधाई दिएकी छन्।
बेलायती विश्वविद्यालयहरूसँगको सहकार्यमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस कलेजले हालै बाहिर आएका केही नकारात्मक चर्चाका बाबजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्याङ्कन प्रक्रिया पार गरी पुनः मान्यता प्राप्त गर्न सफल भएको जनाएको छ।
असार ५, २०८३ शुक्रबार ११:४५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।