फिफा विश्वकप २०२६ को नेपाल प्रसारणमा नेपाल लाइफ सह-प्रायोजक
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको रूपमा सहकार्य गरेको छ। नेपालमा विश्वकपको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स टिभी र डिगो (DIGO) एपमार्फत भइरहेको छ।
फिफा विश्वकप जस्तो प्रतिष्ठित प्रतियोगिताको प्रसारणमा सहभागी हुन पाउनु कम्पनीका लागि गर्वको विषय भएको नेपाल लाइफले जनाएको छ। इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले खेलकुदले मानिसहरूलाई भावनात्मक रूपमा एकतामा बाँध्ने बताए।
उनले भनेका छन्, "यस सहकार्यले नेपाली दर्शकहरूमाझ विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउनुका साथै नेपाल लाइफको ब्रान्डलाई देशभरका खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास लिएका छौं।"
असार ४, २०८३ बिहीबार २०:११:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।