सामान्य बढ्यो सेयर बजार, साढे ३ अर्बमा खुम्चियो कारोबार

सामान्य बढ्यो सेयर बजार, साढे ३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं : चार दिनदेखि लगातार घटिरहेको सेयर बजार बुधबार सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५ विन्दुमा पुगेको छ। 

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। आज तीन अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन चार अर्ब चार करोड ७८ लाख बराबरको कारोबार भएको थियो।

१२५ वटा कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने १४ वटा कम्पनीको स्थिर रह्यो। 

फाइनान्स ०.१४, हाइड्रोपावर ०.३०, लगानी ०.५३ र उत्पादन तथा प्रशोधन ०.५१ प्रतिशत बढे। बैंकिङ ०.१८,  होटेल तथा पर्यटन ०.६४,  जीवन बिमा  ०.०७,  माइक्रोफाइनान्स ०.०४, निर्जीवन बिमा ०.५५, व्यापार ०.६० र अन्य ०.०८ प्रतिशत घटे।

सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १४.९९ प्रतिशत बढ्यो। 

आज धेरै कारोबार भएकामा कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनी छन्।

असार ३, २०८३ बुधबार १५:२९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।