एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’का नयाँ घरेलु उपकरणहरू

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’का नयाँ घरेलु उपकरणहरू

काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई सुहाउँदो ‘एलजी इसेन्सियल सिरिज’का नयाँ घरेलु उपकरणहरू बजारमा सार्वजनिक गरेको छ।

‘हरेक घरको खुशी, घर-घरमा एलजी’ अभियानअन्तर्गत यो नयाँ श्रृंखला सार्वजनिक गरिएको हो।

यस श्रृंखलामा नेपाली वातावरणीय परिस्थिति अनुकूल डिजाइन गरिएका डबल डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर समावेश छन्।

यी उत्पादनहरूको बिक्री वितरण जुन २०२६ देखि देशभरका आधिकारिक एलजी ब्रान्ड शप तथा रिटेल आउटलेटहरू मार्फत सुरु हुनेछ भने यसको प्रारम्भिक मूल्य करिब ४९ हजार ६९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

असार ३, २०८३ बुधबार १३:३१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।