टीभीएस जुपिटर बीएस-६ खरिदमा ९ महिनासम्म निःशुल्क पेट्रोल र आकर्षक ईएमआई अफर

टीभीएस जुपिटर बीएस-६ खरिदमा ९ महिनासम्म निःशुल्क पेट्रोल र आकर्षक ईएमआई अफर

काठमाडौं : नेपालका लागि टीभीएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले ‘अल न्यू टीभीएस जुपिटर बीएस-६’ स्कुटरका लागि नयाँ ग्राहकमुखी योजना सार्वजनिक गरेको छ।

कम्पनीले ‘पेट्रोलको टेन्सन? अब टीभीएस जुपिटर सोलुसन’ भन्ने मूल नाराका साथ यो अभियान ल्याएको हो।

यस योजना अन्तर्गत ग्राहकले टीभीएस जुपिटर स्कुटर खरिद गर्दा ९ महिनासम्म निःशुल्क पेट्रोल प्राप्त गर्नेछन्।

प्रतिलिटर ६० किलोमिटर माइलेज दिने दाबी गरिएको यस स्कुटर खरिदलाई सहज बनाउन कम्पनीले मासिक २ हजार ८९९ रुपैयाँ मात्र भुक्तानी गर्ने गरी आकर्षक ईएमआई योजना समेत ल्याएको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारका अनुसार बढ्दो पेट्रोल खर्चको चिन्तालाई मध्यनजर गर्दै दैनिक कार्यालय जाने तथा नियमित यात्रा गर्ने ग्राहकलाई राहत दिन यो उपयोगी योजना ल्याइएको हो।

लाइफटाइम वारेन्टी सुविधा र स्टाइलिस लुक्ससहित उपलब्ध यो स्कुटर दैनिक यात्राका लागि निकै किफायती मानिएको छ।

यो योजना नेपालभर रहेका टीभीएसका आधिकारिक शोरुमहरूमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

असार ३, २०८३ बुधबार ११:१७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।